काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ सडक खण्ड दुईतर्फी नै सुचारु भएको छ।
इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा शुक्रबार राति १०:२५ बजे सडक माथिबाट रुखसहित खसेको सुक्खा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो।
रातभर उपकरणको प्रयोग गरी पहिरो हटाएपछि शनिबार बिहान ६:१५ बजेदेखि सवारी साधनको आवागमन सहज पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सडक खुलेसँगै रातभर बाटोमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया