श्रावण ३१, २०८३ आइतबार August 16, 2026

खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु

अध्ययन समितिले सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेसँगै स्थलगत अध्ययन गर्ने र विज्ञको सहयोगमा काम टुङ्ग्याउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, ३१ साउनः जिल्लामा गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु भएको छ । गत असार ४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्डअनुसार जिल्ला समन्वय समितिको पहलमा गाउँपालिका, नगरपालिका र वडाको सङ्ख्या तथा सीमाना हेरफेर, एकापसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी सरोकार भएका निकायसँग छलफल थालिएको हो ।

जिल्ला समन्वय समितिले साउन ३० गते दिक्तेलमा छलफल आयोजना गरेर जिल्लाका राजनीतिक दल, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, सरोकार भएका निकायका प्रतिनिधिलगायतसँग स्थानीय तहको सीमाना र सङ्ख्याको पुनःसंरचनाका लागि प्रारम्भिक छलफल थालेको छ । पहिलो दिनको छलफलमा स्थानीय तहको सङ्ख्या तथा सीमाना हेरफेरसम्बन्धी मापदण्डका विषयमा प्रारम्भिक अध्ययन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको अध्ययन समितिले सरोकार भएका निकायका प्रतिनिधिसँग बहस र छलफल गरेसँगै स्थलगत अध्ययन गर्ने र विज्ञको सहयोगमा मापदण्डअनुसार काम टुङ्ग्याउने उहाँले बताउनुभयो । उहाँका अनुसार १० स्थानीय तह रहेको खोटाङमा दुई नगरपालिका, आठ गाउँपालिका छन् भने ७९ वटा वडा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिले बाहेक जिल्लाका अधिकांश राजनीतिक दलका नेताले तत्कालका लागि जिल्लाको नगरपालिका, गाउँपालिका र वडाको सङ्ख्या घटाउन नहुने प्रतिक्रिया दिए पनि कुनै वडाको अपायक क्षेत्रलाई टुक्र्याएर पायक पर्ने अर्को वडा वा पालिकामा गाभ्न सकिने राख्नुभएको राईले जानकारी दिनुभयो ।

बैठकमा सहभागी नेताहरूले वडालाई घटाउनुको सट्टा आवश्यकताको आधारमा टुक्र्याएर दुई वटा वडा बनाउन पहल गर्नुपर्ने धारणा राख्नुभयो । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार