असोज १९, २०८३ सोमबार October 5, 2026

बासुदेव खोलाले बगाएर बेपत्ता दुई बालिकाको खोजी जारी

बासुदेव खोलासँगै करिब तीन किलोमिटर तल रहेको राप्ती खोलामा समेत खोजी कार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेटौंडा । मकवानपुरको हेटौंडा–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकाको खोजी बुधबार बिहानदेखि पुनः सुरु गरिएको छ।

मंगलबार खोलाले बगाएका चार विद्यार्थीमध्ये रेशमा स्याङतान मृत फेला परेकी थिइन् भने सिमा बोलनको सकुशल उद्धार गरी हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

बेपत्ता हुनेमा ११ वर्षीया सुमित्रा बोलन र १२ वर्षीया बिनिता बोलन रहेका छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी परिचालन भएका छन्।

बासुदेव खोलासँगै करिब तीन किलोमिटर तल रहेको राप्ती खोलामा समेत खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया