असोज १३, २०८३ मंगलबार September 29, 2026

सहकर्मीको हत्या गर्ने ११ वर्षपछि पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आफ्नै सहकर्मीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले जनाएको छ ।

ब्युरोको टोलीले ती दुई जनालाई बाँकेको नेपालगञ्जस्थित भातीय सीमा क्षेत्रबाट पक्राउ काठमाडौं ल्याएको हो । उनीहरुलाई थप कारवाहीका लागि वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

विसं २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ ईँटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको विँडले हानी हत्या गरिएको थियो । त्यसपछि उनीहरु फरार भई भारतमा लुकिछिपी बस्दै आएका थिए ।

उनीहरु बीच सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको प्रहरीले जनाएको छ । उनीहरु घटनापछि ललितपुरबाट पैदलै हेटौँडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारत गएका थिए ।

भारतमा परिचयसमेत बदलेर काम गर्दै आएका थिए । पछि परिवारसमेत भारत लगेको खुल्न आएको छ । निरन्तरको निगरानी पश्चात नेपाल आएको पत्ता लागेपछि पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार