काठमाडौँ, भदौ १३ गते । भोटेकोसी बाढीमा फसेका सय ८७ पर्यटकको उद्धार गरिएको छ ।
शनिबार दिउँसो २ बजेसम्म भारत, दक्षिण कोरिया, चीन, अमेरिका, इटाली लगायतका मुलुकका पर्यटकको उद्धार गरिएको हो ।
नेपाल पर्यटन बोर्डका अनुसार १८७ मध्ये ११४ जना भारतीय पर्यटकको उद्धार गरिएको छ। त्यसैगरी चीनका २७ जना, दक्षिण कोरियाका २०, जर्मनीका चार, माल्टाका चार, अमेरिकाका तीन, इटालीका तीन, रसियाका दुई, स्विट्जरल्यान्डका दुई, टर्कीका दुई, स्पेनका दुई, बेल्जिएमका एक, बुल्गेरियाका एक, ओमानका एक र पोर्चुगलका एक जना पर्यटकको उद्धार गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया