भाद्र १३, २०८३ शनिबार August 29, 2026

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

धादिङको वैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडक भने हाल एकतर्फी रूपमा मात्रै सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १३ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

लेदोसहित सडकमा थुप्रिएका फोहर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ ।

उहाँले बाढीका कारण सडकभरि लेदो थुप्रिएकाले यातायात सञ्चालनमा समस्या भएको बताउँदै लेदो हटाएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “बाढीका कारण सडकभरि लेदो थुप्रिएको थियो, त्यो पन्छाएर सवारीसाधन सञ्चालन गरिएको छ । लामो समयदेखि राजमार्गमा अड्किएका सवारीलाई पनि सुरक्षित स्थानतर्फ पठाइएको छ”, प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले भन्नुभयो ।

यसैबीच, धादिङको वैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडक भने हाल एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउने तथा यातायातलाई सहज बनाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय
२०८३ भाद्र १३, शनिबार
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने
२०८३ भाद्र १३, शनिबार
बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार
२०८३ भाद्र १३, शनिबार
वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल
२०८३ भाद्र १३, शनिबार
काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
२०८३ भाद्र १३, शनिबार
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीपीडितको शव व्यवस्थापन चुनौतीपूर्ण, ५११ शव अस्पतालमा
२०८३ भाद्र १३, शनिबार