भाद्र १३, २०८३ शनिबार August 29, 2026

सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय

उपकुलपतिको एक महिनाको तलब बराबरको रकम कट्टा गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर (कञ्चनपुर), १३ भदौ: सुदूरपश्चिम विश्वविद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयको आज बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको तलबबाट निश्चित रकम कट्टा गरी विपद् राहतका लागि उपलब्ध गराउने निर्णय गरेको रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

विश्वविद्यालयले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै विश्वविद्यालयले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रकम सहयोग गर्ने निर्णय गरेको हो ।

जसअनुसार उपकुलपतिको एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ । प्राध्यापक, सहप्राध्यापक, सहप्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिनको तलब कट्टा गरिनेछ ।

त्यस्तै, उपप्राध्यापक, उपप्रशासक, सहायक प्रशासक, शिक्षण सहायक, प्रशिक्षक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट सात दिनको तलब, मुख्य सहायक, सहायक वा सो सरहका कर्मचारीबाट पाँच दिनको तलब र श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब कट्टा गरिने विश्वविद्यालयले जनाएको छ । यसरी सङ्कलन गरिएको रकम करिब ८८ लाख कार्यालयले जनाएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार प्राडा गोविन्दसिंह बिष्टद्वारा जारी सूचनामा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरिएको छ । विश्वविद्यालयले विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनाका लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रसुवाको त्रिशूली थ्रीए र तुप्चे टावरबाट टेलिकम सेवा पुनः सञ्चालन
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीः सरकारलाई प्रमुख प्रतिपक्षी दल काँग्रेसको नौ बुँदे ध्यानाकर्षण
२०८३ भाद्र १३, शनिबार
एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा
२०८३ भाद्र १३, शनिबार
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने
२०८३ भाद्र १३, शनिबार
शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १३, शनिबार
सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय
२०८३ भाद्र १३, शनिबार
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने
२०८३ भाद्र १३, शनिबार