भाद्र १५, २०८३ सोमबार August 31, 2026

भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली

विपद्को समयमा तीनै तहका सरकारको सामथ्र्य प्रभावकारी हुनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १४ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार गएको बाढीले ठूलो जनधनको पुर्‍याएकाले यस अवस्थालाई राष्ट्रिय शोक र पीडाको विषयका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

बाढीपछिको अवस्थाबारे नुवाकोटको विदुर, देवीघाटलगायत क्षेत्रमा एमालेमा महासचिव शङ्कर पोखरेलसहितको टोलीको स्थलगत अनुगमनबाट तयार गरिएको प्रतिवेदन आज बुझ्दै अध्यक्ष ओलीले सो क्षेत्रमा पुनःनिर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले विपद्को समयमा तीनै तहका सरकारको सामथ्र्य प्रभावकारी हुनुपर्नेमा जोड दिँदै विपत्तिका नाममा राजनीतिक लाभ वा श्रेयय लिने प्रयास र होडबाजी नगर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

महासचिव पोखरेलको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली पठाएर स्थलगत अवस्थाको अध्ययन गरेको बताउँदै उहाँले अब बागमती प्रदेश कमिटीले प्रभावित जिल्लाबीच समन्वय गरेर पार्टीका तर्फबाट राहत, उद्धार र पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश इञ्चार्ज महेश बस्नेतको नेतृत्वमा एमाले केन्द्रीय कार्यालयमा सम्पर्क केन्द्र स्थापना गरी पार्टीका तर्फबाट राहत तथा पुनःस्थापनाका काममा समन्वय गर्न सुझाव दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन
२०८३ भाद्र १५, सोमबार
शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक
२०८३ भाद्र १५, सोमबार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
२०८३ भाद्र १५, सोमबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ भाद्र १५, सोमबार
सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढीपीडितका लागि शिक्षक-कर्मचारीले तहअनुसार आर्थिक सहयोग गर्ने
२०८३ भाद्र १४, आइतबार
‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो, अन्तिम संस्कार होइन’ – प्रजिअ अर्याल
२०८३ भाद्र १४, आइतबार