भाद्र १७, २०८३ बुधबार September 2, 2026

कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङ र बाइपास सडकको अध्ययन गरिने

चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १७ भदौः कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ । यस्तै,  दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सडकको विकल्पमा अध्ययन हुनेछ ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विविध उपायका बारेमा छलफल भएको जानकारी दिनुभयो । मन्त्रालयमा आज बसेको बैठकले राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापनाका लागि हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढाउने निर्णय भएको उहाँले दिनुभयो ।

यस्तै, कृष्णभीर माथिबाट नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याउने विकल्पमा सहमति भएको छ ।

यस्तै, सडक सञ्चालनका लागि ‘ट्र्याक’ खोल्ने, ‘ग्याबियन बक्स’ तयार पार्ने तथा ‘बोल्डर’ हिलसाइडबाट तल खसालिनेछ । पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङमार्ग निर्माण, ‘सोइल नेलिङ’, ‘सिट पाइल’लगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने छ ।

मन्त्रालयले सुरुङ वा बाइपास सडक निर्माणका सम्भावित विकल्पमा तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनेछ । सो विकल्पको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने छ । त्यसका लागि आवश्यकताअनुसार सडक विभागसँग समझदारी (एमओयू) गरिनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
२०८३ भाद्र १७, बुधबार
भोटेकोशी बाढी : मृत्यु हुनेको सङ्ख्या ११ सय नाघ्यो,झन्डै ५ हजार बेपत्ता
२०८३ भाद्र १७, बुधबार
बाढी-पहिरोले देशभरका सडक अवरुद्ध, विभिन्न राजमार्गमा यातायात प्रभावित
२०८३ भाद्र १७, बुधबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ भाद्र १७, बुधबार
बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै
२०८३ भाद्र १७, बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ भाद्र १७, बुधबार
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङ र बाइपास सडकको अध्ययन गरिने
२०८३ भाद्र १७, बुधबार