काठमाडौं । सुवामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार १२७ पुगेको छ।
नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी मृुत्यु भएका १ हजार १२७ जनाको शव फेला परिसकेको छ। तीमध्ये १ हजार ११३ शुवको जाँच मुचुल्का सम्पन्न भएको प्रहरीले जनाएको छ।
बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्। प्रहरीको पछिल्लो तथ्यांकअनुसार ४ हजार ८५८ जना हालसम्म सम्पर्कमा आएका छैनन्।
फेला परेका शुवमध्ये ९११ जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। हालसम्म ९५ वटा शुव सम्बन्धित परिवार वा आफन्तलाई हस्तान्तरण गरिएको छ।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोजी तथा पहिचानको प्रक्रिया जारी रहेको जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया