कार्तिक ९, २०८३ सोमबार October 26, 2026

आरएल लामाको फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायाँक्न सुरु भएको हो ।

काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको प्रेमकथामय गीत ‘कुन देश कि परी..’बाट छायाँकन सुरु गरेको थियो । गीतको छायाँकन कालिन्चोक आसपासका स्थानमा गरिएको हो । गीतमा अभिनेत्री कविता राय, अभिनेता तथा निर्देशक आरएल लामाले अभिनय गरेका थिए ।

कालिन्चोकको अहिलेको मौसम एकदमै राम्रो भएकोले हेलिकोप्टर चार्टर गरेर फिल्म छायाँकन त्यहाँ पुगेको निर्देशक राजु लामाले बताए । ‘प्राकृतिक सुन्दरता र मौसमले कालिन्चोक साँच्चै स्वर्ग जस्तै लाग्यो’ लामाले थपे ।  अभिनेत्री कविता रायले कालिन्चोकको सौदर्यले आफु मोहित भएको बताइन् । पहिलो चोटी कालिन्चोक पुगेकी कविताले भनिन् ‘कालिन्चोको सौदर्य बर्णन गरेर नसकिने छ ।’

दोलखाकोअलवा सिन्धुपाल्चोकसँग जोडिएको मुडे, चरिकोटल, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौलगायतका स्थानमा फिल्मको छायाँकन हुनेछ ।

फिल्ममा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ ।

आरएल फिल्म इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा बन्ने फिल्मका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् । निर्देशक लामाकै लेखन रहेको फिल्मले नचाहादा नचाहदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कतब्यै बिषयबस्तु बनाएको छ । फिल्मका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् ।

फिल्ममा विकास चौधरीको संगीत, सुरेश लामाको स्वर, आरएल लामाको शब्द, दिनेश पाख्रिनको, अजय स्याङ्तान, अर्जुन भुषालको नृत्य, राजु किरतीको द्धोन्द र रामेस्वर हुमागाईको छायाँकन रहनेछ । फिल्मका रमेश खत्री, करणबहादुर बिष्ट, शेखर लामा सहनिर्माता रहेका छन् । चलचित्रको बितरण रीज इन्टरटेनमेन्टका करण श्रेष्ठले गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
२०८३ कार्तिक ९, सोमबार
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री बालेन शाहले दिए शुभकामना
२०८३ कार्तिक ९, सोमबार
एनपीएल तेस्रो संस्करण आजदेखि शुरु : उद्घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ कार्तिक ९, सोमबार
पशुमा बढ्दो बाँझोपन
२०८३ कार्तिक ९, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ९, सोमबार
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार