जेठ ५, २०८१ शनिबार May 18, 2024

भाग्य खुल्ने अन्धविश्वासको पराकाष्ठा-आफ्नै आमालाई छोराले बली चढाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मानिसहरु यति सम्म स्वार्थी छन् कि यो सँसारमा म मात्र बाँच्नुपर्छ भन्नेहरु धेरै छन् । जसको कारण समाजमा जघन्य अपराध बढिरहेका छन् । धेरै देवी देवताको पूजाका नाममा आज पनि बली दिने परम्परा छ ।

केही रुढिवादी सोच भएका मानिसहरुले बलि दिँदा देवताहरु प्रसन्न हुने भ्रम फैलाएको कारण आज पनि हजारौ निर्दोष पशुहरुले त्यसको पीडा भोग्नु परेको छ । पशुलाई बली दिएको त सुनेकै कुरा हो तर छोराले बलिको नाममा आफ्नै आमालाई चढाएको कुरा आज हामी गर्छौ ।

भारतको महाराष्ट्रमा नासिक जिल्लामा एउटा घटना भएको छ जहाँ छोराले आफ्नै आमालाई अन्धविश्वासको कारण हत्या गरेका छन् । भारतीय समाचारको अनुसार दुई छोराहरुले भाग्य उज्वल हुने भन्दै आफ्नी आमाको बली चढाएका हुन् । अन्धविश्वासले कति सम्म गरायो, जसमा छोराहरुलाई दुःखले पालन पोषण गरेर हुर्काएकी उनै आमालाई भाग्य खुल्ने भन्दै बली चढाए ।

नाशिक जिल्लामा बस्ने काशीनाथ र गोविन्द भइरहेको परिस्थितिमा खुशी थिएनन् । प्रहरीले आमाको हत्या गरेको आरोपमा २ छोरासहित १० जनालाई पक्राउ गरेको छ । २ छोराहरुलाई एक तान्त्रिकले आमा र बहिनीको बलि दिनाले भाग्य खुल्ने बताएपछि आमाको हत्या गर्ने योजना बनाएका थिए ।

प्रहरीको अनुसार २ भाईले तान्त्रिकले दिएको सल्लाह अनुसार वृद्धा आमा र बहिनीलाई लगेर पुगेका थिए । तान्त्रिक महिलाले बृद्धलाई पिटि पिटी मार्न थालेपछि बहिनी राही भागेर बचेकी थिइन् । तान्त्रिक महिलाले बृद्धको आँखा निकालि दिएकी थिइन् । एक स्थानमा गाडी दिइन् ।

यो घटना अलि अगाडी भएपनि सामाजिक कार्यकर्ताहरुले पछि थाहा पाएर प्रहरीलाई जानकारी दिएका थिए । हाल तान्त्रिक महिलालाई प्रहरीले गिरफ्तार गरेको छ र उनले अर्को पनि एक महिलाको हत्या गरेको स्वीकार गरेकी छिन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार