भाद्र २४, २०८३ बुधबार September 9, 2026

नेपालले अन्तरराष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्छः अध्यक्ष यादव

जलवायु परिवर्तनको असर ठूला राष्ट्रका कारण सिर्जित समस्या भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कपिलवस्तु, २४ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरराष्ट्रिय मञ्चमा नेपालले सशक्त आवाज उठाउनुपर्ने बताउनुभएको छ । मङ्गलबार कपिलवस्तुमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले जलवायु परिवर्तनको असर ठूला राष्ट्रका कारण सिर्जित समस्या भएको दाबी गर्नुभयो । शक्तिशाली राष्ट्रले वातावरण प्रदूषण गरेकाले त्यसको समस्या नेपाललगायतका विकसित देशले बेहोर्नुपरेको बताउनुभयो ।

“पर्यावरणीय न्यायका लागि नेपालले संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय मञ्चमा नेपालले पाउनुपर्ने क्षतिपूर्ति र न्यायका लागि जोडदार आवाज उठाउनुपर्छ”, अध्यक्ष यादवले भन्नुभयो ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष जितेन्द्र सोनलले सरकारको कर नीतिको आलोचना गर्नुभयो । जनतालाई राहत दिनुको सट्टा सरकारले विभिन्न क्षेत्रमा करको भार थपेको उहाँले बताउनुभयो ।

समारोहमा जसपा नेपालका स्थानीय नेता, अगुवा कार्यकर्ता तथा शुभेच्छुकको सहभागिता थियो । कार्यक्रम जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स अन्तराष्ट्रिय निर्देशक राजन लम्सालको पहलमा भोटेकोशी बाढीपीडितलाई सवा ३ करोडको LCIF सहयोग
२०८३ भाद्र २४, बुधबार
खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी
२०८३ भाद्र २४, बुधबार
काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै
२०८३ भाद्र २४, बुधबार
उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने
२०८३ भाद्र २४, बुधबार
नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत
२०८३ भाद्र २४, बुधबार
बाढीप्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण
२०८३ भाद्र २४, बुधबार
आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नु आवश्यक छः उद्योगमन्त्री
२०८३ भाद्र २४, बुधबार