कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः रवि लामिछाने

विवेक र मानवीयताको उज्ज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २४ भदौः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा सत्ता पक्ष र प्रतिपक्षका परम्परागत आधारबाट नभई राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का भएर उभिन आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्ज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले दिनरात नभनेर सक्दो प्रयासका साथ उद्धार र खोजमा लागेको बताउँदै सभापति लामिछानेले प्रियजन गुमाएकाले राज्यले केही गरेन भनेर गर्ने गुनासालाई अन्यथा लिन नमिल्ने पनि बताउनुभयो । “गहिरो चोटमा परेका मानिसले भगवान्लाई त सराप्छ भने यो सरकार, रास्वपा र राज्यलाई गुनासो र आक्रोश पोख्नु कुनै ठूलो कुरा होइन”, सभापति लामिछानले भन्नुभयो, “पीडामा परेर आक्रोश व्यक्त गरिरहेकाहरुमाथि सामाजिक सञ्जालमा गरिने अवाञ्छित टिप्पणी गर्ने कार्य सैह्या हुँदैन । यस्तो कार्यमा रास्वपाका कोही कार्यकर्ता सम्पग्न छन् भने कारबाही गरिनेछ । सरकारले कानुनबमोजिम गर्नुपर्ने कारबाही पनि गरोस् ।” विपद् व्यवस्थापनका लागि प्रतिपक्षबाट आउने रचनात्मक कुरालाई आत्मसात् गर्न सरकारलाई आग्रह गर्दै विपद्का नाममा राजनीति नगर्न सबैमा आग्रह गर्नुभयो ।

जलवायु सङ्कटमा परेकाहरू जलवायु अन्यायका पीडित भएको बताउँदै उहाँले यो विपत्तिका कारक ती पीडित नागरिक थिएनन् भन्नुभयो । “जलवायु सङ्कटको असमान भारका कारण जीवन गुमाउन विवशहरूका श्रद्धाञ्जली दिएर मात्रै पुग्दै विश्वसँग न्याय माग्ने साहस बोटल्नुपर्छ”, सभापति लामिछानेको भनाइ थियो ।

उद्धार र खोजीका काममा सुरक्षाकर्की र उद्धारकर्ताको प्रशंसा गर्दै उहाँले यस पीडामा सबै मित्रराष्ट्रहरूको साथ र सहयोग रहेको उल्लेख गर्दै सङ्कटमा निजी क्षेत्र, सञ्चार क्षेत्र र गैरआवासीय नेपाली क्षेत्रले गरेको योगदानको प्रशंसा गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
२०८३ कार्तिक १९, बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८३ कार्तिक १९, बिहिबार
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्त्वपूर्ण : महासचिव पोखरेल
२०८३ कार्तिक १९, बिहिबार
काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित
२०८३ कार्तिक १९, बिहिबार
एनपीएलमा लुम्बिनी लायन्सको लगातार तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
२०८३ कार्तिक १९, बिहिबार