भाद्र २९, २०८३ सोमबार September 14, 2026

राप्रपाको जिल्ला अधिवेशन धमाधम सकिदैं ५६ जिल्लामा नयाँ नेतृत्व तयार (सूची सहित)

५६ जिल्लामा सकियो राप्रपाको अधिवेशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनलाई लक्षित गर्दै जिल्ला अधिवेशनलाई तीव्रता दिएको छ। पार्टीले हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ जिल्ला नेतृत्व चयन गरेको जनाएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित अधिवेशन प्रक्रिया अघि बढाइएको हो। पार्टीले आगामी मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने मिति यसअघि नै तय गरिसकेको छ।

महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने उद्देश्यअनुसार पार्टीले कार्यतालिका बनाएर जिल्ला अधिवेशन अघि बढाएको प्रवक्ता श्रेष्ठले बताए। जिल्ला तहमा नेतृत्व चयनसँगै महाधिवेशनको तयारीसमेत थप व्यवस्थित हुँदै गएको पार्टीको भनाइ छ।

को-को चयन भए ५६ जिल्लाका अध्यक्षहरुः

हालसम्म अधिवेशन सम्पन्न भएका जिल्लामा ताप्लेजुङमा अमृतकुमार सावदेन, इलाममा ताराप्रसाद नेपाल, झापामा केशवप्रसाद ओझा, मोरङमा मनोज बस्नेत, तेह्रथुममा टंकप्रसाद अधिकारी, सोलुखुम्बुमा राजेन्द्र बस्नेत, ओखलढुंगामा पदमकुमारी गुरुङ, खोटाङमा ललित राई, संखुवासभामा दीपेन्द्र भण्डारी र उदयपुरमा ध्रुव रायमाझी अध्यक्ष चयन भएका छन्।

त्यस्तै सप्तरीमा उम्देश्वरप्रसाद साह, सिराहामा शम्भुप्रसाद यादव, सर्लाहीमा विजय यादव, पर्सामा बिना जयसवाल कुर्मी, रामेछापमा भरत वाइवा, सिन्धुपाल्चोकमा नीलध्वज थापा, काभ्रेपलाञ्चोकमा सहदेव भण्डारी, भक्तपुरमा अर्जुन कार्की, चितवनमा चेतनाथ वाग्ले र लमजुङमा क्या. केबिन्द्र जंग गुरुङले जिल्ला नेतृत्व सम्हालेका छन्।

गण्डकीतर्फ मुस्ताङमा जेम्स हिराचन, गोरखामा रमेशरमण खनाल, म्याग्दीमा वीरबहादुर थापा क्षेत्री, पर्वतमा शेरबहादुर उचाइ ठकुरी, बागलुङमा विष्णुप्रसाद सापकोटा, तनहुँमा इमबहादुर केसी (केदार), स्याङ्जामा ऋषिराम लामिछाने, नवलपुरमा विष्णुप्रसाद अधिकारी र कास्कीमा नारायण गुरुङ अध्यक्ष बनेका छन्। नवलपरासी पश्चिममा रामभवन यादव चयन भएका छन्।

लुम्बिनी क्षेत्रमा रोल्पामा अम्मरबहादुर थापा, गुल्मीमा त्रिविक्रम चन्द, पाल्पामा डुलबहादुर कुँवर, बर्दियामा हेमन्तप्रकाश गिरी, कपिलवस्तुमा नारायणबहादुर सिंह, दाङमा प्रेम शाह र रुपन्देहीमा सागरप्रताप राणा अध्यक्ष चयन भएका छन्।

कर्णाली तथा सुदूरपश्चिमका जिल्लातर्फ मुगुमा बिरचन्द बुढा, हुम्लामा विकास महत, सल्यानमा प्रदीप थापा, रुकुम पश्चिममा खम्बु खत्री, दैलेखमा सुरत केसी, डोटीमा खडकप्रसाद अग्रवाल, बैतडीमा इन्द्रदेव शरण भट्ट र कालिकोटमा मदन रोकाया अध्यक्ष बनेका छन्।

त्यसैगरी भोजपुरमा जनक नेपाल, बारामा बिनोद भारती, दोलखामा गंगाबहादुर बस्नेत (रामहरि), महोत्तरीमा राजेश्वर राय यादव, प्युठानमा चुमान सिंह बस्नेत, डडेलधुरामा राजेन्द्र भण्डारी, धनुषामा रामचन्द्र यादव, रौतहटमा विक्रान्त नेपाल, काठमाडौंमा दिपक केसी, ललितपुरमा सबिन खड्का र जाजरकोटमा दिपक खनाल जिल्ला अध्यक्ष चयन भएका छन्।

राप्रपाले बाँकी जिल्लाको अधिवेशन पनि तोकिएको समयभित्र सम्पन्न गरी महाधिवेशनका लागि संगठनात्मक तयारी पूरा गर्ने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया