भाद्र २९, २०८३ सोमबार September 14, 2026

दिवाकर अर्याल बने उज्यालो नेपाल पार्टीको महासचिव

सचिवालयको पूर्ण बैठकद्धारा अर्याललाई महासचिवको जिम्मेवारी प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिव नियुक्त भएका छन्। पार्टी सचिवालयको आइतबार बसेको पूर्ण बैठकले अर्याललाई महासचिवको जिम्मेवारी दिएको हो।

ग्लोबल युथ पार्लियामेन्टका अध्यक्षसमेत रहेका अर्याल लामो समयदेखि युवा नेतृत्व विकास तथा सामाजिक अभियानमा सक्रिय रहँदै आएका छन्। धादिङमा जन्मिएका उनले युवालाई नीति निर्माण र सार्वजनिक बहसमा सहभागी गराउने उद्देश्यले युथ पार्लियामेन्ट अभियान सञ्चालन गर्दै आएका छन्।

पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि अर्यालको नेतृत्वमा ३०१ सदस्यीय नमुना युवा संविधानसभा गठन गरिएको थियो। उक्त सभाले तयार पारेको नमुना संविधान तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाइएको थियो।

अर्यालको नेतृत्वमा स्थापित ग्लोबल युथ पार्लियामेन्टले नेपालसहित विभिन्न देशमा युवा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। युवा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनलाई समाजसेवा रत्न–२०७९ तथा राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरिएको छ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका अर्यालले प्रविधि र सामाजिक उद्यमका क्षेत्रमा समेत काम गरेका छन्। महासचिवको जिम्मेवारी पाएसँगै उनले युवा नेतृत्व, सुशासन तथा प्रणालीगत सुधारका मुद्दालाई पार्टीको संगठन र नीतिमा कसरी अघि बढाउँछन् भन्ने चासो बढेको छ।

सोही कार्यक्रममा अध्यक्ष कुलमान घिसिङले अर्यालसहित कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याललाई पार्टीमा प्रवेश गराएका थिए। उनीहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल
२०८३ भाद्र २९, सोमबार
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
२०८३ भाद्र २९, सोमबार