भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

सरकारले संसद् अधिवेशन अन्त्यको तयारी गर्दै

संघीय संसद् अधिवेशन अन्त्यको तयारीमा सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ। असोज १५ गतेसम्मको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएसँगै त्यसपछि एक वा दुई बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी भएको हो।

संसदीय क्यालेन्डरअनुसार असोज १५ गतेसम्म विभिन्न विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल तथा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने कार्यसूची छ।

असोज १६ गते प्रतिनिधिसभाको बैठक राखेर अधिवेशन अवधिका गतिविधिमाथि छलफल गराउने तयारीसमेत भएको नेताहरूले बताएका छन्। त्यसपछि चालू अधिवेशन अन्त्य गरी अर्को अधिवेशन पुसमा बोलाउने सरकारको तयारी रहेको बताइएको छ।

चालू अधिवेशन २८ वैशाख २०८३ मा सुरु भएको थियो। यस अवधिमा बजेट तथा बजेटसँग सम्बन्धित कानुन पारित भएका छन् भने अध्यादेश प्रतिस्थापन विधेयकहरू पनि ऐनमा रूपान्तरित भएका छन्। मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर तथा समसामयिक विषयमा मन्त्रीहरूको सम्बोधनलगायतका काम भए पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने हुन सकेको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया