कार्तिक ९, २०८३ सोमबार October 26, 2026

लन्डनमा शाहरुख खान र काजोलको प्रतिमा अनावरण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः शाहरुख खान र काजोलको ब्लकबस्टर फिल्म ‘दिलवाले दुल्हनियाले जाएंगे’ ले २५ वर्ष पूरा गरेको छ । फिल्म १९९५ मा रिलिज भएको थियो ।

फिल्मले २५ वर्ष पुरा गरेपछि शाहरुख खान र काजोलको प्रतिमा बन्ने भएको छ । लन्डनमा २०२१ मा लीसेस्टर चोकमा यी दुई कलाकारको प्रतिमा अनावरण हुने भएको छ ।

युनाइटेड किंगडममा पहिलो पटक भारतीय फिल्मले यस्तो स्थान पाएको हो । यो बलिउड इतिहासमा नै दर्ता हुनेछ । ‘दिलवाले दुल्हनियाले जाएंगे’ फिल्म एक प्रेम कहानी हो । यसमा शाहरुख खान र काजोलले राज र सिमरनको भुमिका निभाएका छन् । दुवैले एक अर्कालाई प्रेम गर्छन् । हार्ट अफ लन्डन बिजनेस अलायन्सले यसको घोषणा गर्दै डिडीलेजेले प्रतिमा लन्डनकोबीच स्थित लीसेस्टर चोकमा फिल्ममा भएको दुश्यको एक भाग हुने बताएको छ ।

यस फिल्मको एक दृश्यमा राज र सिमरन एक अर्कासँगै भएर पनि क्रस गर्छन् त्यत्ति बेला एक अर्कालाई चिनेका हुँदैनन् । यशराज फिल्मले जारी गरकेो विज्ञप्तिमा लीसेस्टर चोकमा ओडिसन सिनेमाको बाहिर पुर्वी भागमा प्रतिमा राखिनेछ । आयोजकका अनुसार काजोल र शाहरुख खान अनावरणको समयमा उपस्थित हुनेछन् ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
२०८३ कार्तिक ९, सोमबार
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री बालेन शाहले दिए शुभकामना
२०८३ कार्तिक ९, सोमबार
एनपीएल तेस्रो संस्करण आजदेखि शुरु : उद्घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ कार्तिक ९, सोमबार
पशुमा बढ्दो बाँझोपन
२०८३ कार्तिक ९, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ९, सोमबार
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार