भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

जनमतको महाधिवेशन तयारी अन्तिम चरणमा, १०० सदस्य निर्वाचनबाट चुनिने

दोस्रो महाधिवेशनमा युवा र महिलाको सहभागिता एकतिहाइ पुर्‍याइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जनमत पार्टीले महाधिवेशनको तयारी तीव्र पारेको छ । असोज ९ र १० गते पर्साको वीरगञ्जमा हुन लागेको दोस्रो महाधिवेशनका लागि निर्देशिका तयारीदेखि अन्य दस्तावेजको तयारी अन्तिम चरणमा पुगेको जनमत पार्टीले जनाएको छ ।

निर्वाचनसम्बन्धी निर्देशिकाअनुसार महाधिवेशनबाट १०० जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् । बाँकी ५१ सिटमा समावेशी ढंगबाट मनोनित गरिने जनमत पार्टीले जनाएको छ । कार्यकारिणी समितिमा ४० वर्षमुनिका युवा तथा महिलाको सहभागिता एकतिहाइ पुर्‍याउने बताइएको छ ।

जनमत पार्टीका अनुसार महाधिवेशनबाट बढीमा १७ जना पदाधिकारी निर्वाचित हुनेछन् । जसमा अध्यक्ष एक, उपाध्यक्ष बढीमा सात, महासचिव एक, उपमहासचिव एक र सचिव बढीमा सात जना रहनेछन् । निर्वाचित हुन नसकेका वा रिक्त पदमा पार्टीका अध्यक्षले मनोनयन गर्न सक्ने निर्देशिकामा उल्लेख छ । साथै कोषाध्यक्ष र प्रवक्ता पनि अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको छ ।

उम्मेदवारी दर्ताका लागि केन्द्रीय पदाधिकारीतर्फ १५ हजार रुपैयाँ र केन्द्रीय सदस्यतर्फ पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । उम्मेदवारहरूले पार्टीको आधिकारिक खातामा रकम जम्मा गरी सोको रसिदसहित तोकिएको फारम भरी पार्टीको आधिकारिक इमेलमा उम्मेदवारी पत्र पठाउनुपर्ने जनमत पार्टीले जनाएको छ । बैंकमा जम्मा भएको रकम कुनै पनि कारणले फिर्ता नहुने पनि जनाइएको छ ।

निर्वाचनसम्बन्धी अन्य व्यवस्थाअनुसार कुनै पनि केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित हुन खसेको कुल मतको २० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको हुनुपर्नेछ । खुलातर्फ एउटा जिल्लाबाट बढीमा पाँच जना मात्रै सदस्य निर्वाचित हुन सक्ने प्रावधान निर्देशिकामा छ ।

मतपत्रमा तोकिएको पद संख्याभन्दा बढी मत संकेत गरेमा माथिबाट क्रमशः आवश्यक उम्मेदवारको मत मात्र मान्य हुने व्यवस्था गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया