असोज ९, २०८३ शुक्रबार September 25, 2026

अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध

१२ गते बिहानसम्म साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी आवागमनमा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रेपलाञ्चोक। अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध भएको छ। आज बिहान ४:३० बजे बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका-७ स्थित चारसयबेँसी र रोशी-८ गिम्दीमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागको वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक सडकखण्डमा सवारी सञ्चालन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको जोखिम र अवस्था हेरी दिउँसोको समयमा पनि सडक बन्द गर्न सकिने जनाएको छ। हाललाई भने असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताएका छन्।

वर्षा तथा बाढीपहिरोको अवस्था मूल्याङ्कन गरी दिउँसोसमेत सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय लिनेछ। उक्त निर्णय कार्यान्वयनमा सहजीकरणका लागि छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटहरूलाई अनुरोध गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित जोखिमबारे सचेत गराउने, जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्ने र स्थानीय सञ्चारमाध्यममार्फत सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ। प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिउँसोको समयमा यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात सेवा प्रभावित
२०८३ असोज ९, शुक्रबार
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक दायरा १८७ मुलुकमा पुग्यो
२०८३ असोज ९, शुक्रबार
पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अनिश्चितकालका लागि बन्द
२०८३ असोज ९, शुक्रबार
अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध
२०८३ असोज ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८३ असोज ९, शुक्रबार
राजस्व संकलन १५.४ प्रतिशतले बढ्यो: असोज ७ गतेसम्म २ खर्ब २ अर्बभन्दा बढी संकलन
२०८३ असोज ९, शुक्रबार
Foreign Minister Khanal attends meeting of ‘Group of Friends of Mediation’
२०८३ असोज ८, बिहिबार