असोज ९, २०८३ शुक्रबार September 25, 2026

पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात सेवा प्रभावित

पहिरोका कारण सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागमती। लगातार भइरहेको वर्षाका कारण कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्ग हुँदै सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ।

मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीका अनुसार कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फका विभिन्न तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। वर्षा नरोकिएका कारण थप पहिरो खस्ने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ।

पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात सेवा प्रभावितपहिरोका कारण सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी पहिरो हटाउने काम अघि बढाइने प्रहरीले जनाएको छ।

यसैबीच, मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह भने सामान्य अवस्थामा रहेको प्रहरी प्रमुख खत्रीले जानकारी दिएका छन्।

लगातारको वर्षाका कारण मकवानपुरका ग्रामीण तथा पहाडी सडकमा पहिरो र सडक अवरोधको जोखिम बढेकाले आवश्यक सावधानी अपनाउन तथा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात सेवा प्रभावित
२०८३ असोज ९, शुक्रबार
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक दायरा १८७ मुलुकमा पुग्यो
२०८३ असोज ९, शुक्रबार
पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अनिश्चितकालका लागि बन्द
२०८३ असोज ९, शुक्रबार
अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध
२०८३ असोज ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८३ असोज ९, शुक्रबार
राजस्व संकलन १५.४ प्रतिशतले बढ्यो: असोज ७ गतेसम्म २ खर्ब २ अर्बभन्दा बढी संकलन
२०८३ असोज ९, शुक्रबार
Foreign Minister Khanal attends meeting of ‘Group of Friends of Mediation’
२०८३ असोज ८, बिहिबार