असार २३, २०८२ सोमबार July 7, 2025

बिस्कुटको स्वाद चाख्ने जागिर खुल्यो, वार्षिक ६० लाख तलब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना महामारीका बेला धेरै व्यक्तिको रोजगारी गुमेको छ । कतिपय कम्पनी र अर्थतन्त्रमा धक्का लागेको छ । तर स्कटल्यान्डको एक बिस्कुट उत्पादक कम्पनीले आकर्षक जागिर खोलेको छ, आवेदकले बिस्कुट चाख्ने काम गर्नुपर्नेछ ।

‘बर्डर बिस्किट्स’ कम्पनीले आवेदकसँग ‘मास्टर बिस्किटर’ पदमा आवेदन मागेको छ, आवेदकलाई बिस्कुटको स्वाद र बिस्कुट निर्माणबारे समझ हुनुपर्ने छ । ‘द इन्डिपेन्डेन्ट’मा प्रकाशित रिपोर्ट अनुसार आवेदकमा नेतृत्व र कुराकानी गर्ने कला समेत हुनुपर्नेछ ।

कम्पनीका प्रबन्ध निर्देशक पल पार्किसले बिस्कुटप्रति चासो र लगाव भएका व्यक्तिका लागि यो राम्रो अवसर भएको जनाएका छन् । आवेदकहरूको क्षमता प्रयोग गरेर उत्कृष्ट बिस्कुट उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कम्पनीमा जागिर सुनिश्चित भएपछि वार्षिक तलब ४० हजार पाउन्ड अर्थात् ६० लाख रुपैयाँ पाइने छ । जागिरका क्रममा वार्षिक ३५ दिन बिदा समेत पाइने छ । यो पूर्णकालीन जागिर हुने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
“एएफसी छनोटबाट धेरै सकारात्मक ऊर्जा लिएर फर्किएकी छु” – कप्तान सावित्रा भण्डारीः
२०८२ असार २३, सोमबार
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार