असोज १२, २०८३ सोमबार September 28, 2026

लागुऔषध ओसारपसारमा संलग्न ६ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल प्रहरीले आज देशका विभिन्न स्थानबाट अवैध लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

काठमाण्डौंको नागढुंगाबाट तीन, मोरङको विराटनगरबाट एक तथा कञ्चनपुरको बेलौरीबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित नागढुंगाबाट नाइट्रोजेपाम १ हजार २ सय ट्याबलेट, डाइजेपाम १३५ एम्पुल, फेनरागन १३४ एम्पुल, नुर्फिन १ सय एम्पुल र ब्राण्ड तथा जेनेरिक नाम उल्लेख नभएको १३० एम्पुल लागु औषधसहित आज बिहान तीन जना पक्राउ परेका थिए ।

नागढुंगाबाट पक्राउ पर्नेमा सप्तरीको जयपुर गाउँपालिकाका ३५ वर्षे वीरेन्द्रकुमार शाह, सिरहाको लाहान नगरपालिकाका २४ वर्षे अमर यादव र लहानकै २४ वर्षे इन्द्रजित सहनी रहेका छन्। राजविराजबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा लागु औषध सहित उनीहरु पक्राउ परेका थिए ।

प्रहरीका अनुसार बसका सहचालक शाहले स्युचाटार बस्ने यादव र सहनीलाई दिन भनी उक्त लागुऔषध ल्याएका थिए। यादव र सहनी उक्त लागुऔषध लिन नागढुंगा नै पुगेको अवस्थामा तीन जना नै पक्राउ परेका थिए।

यसै गरी, विराटनगर महानगरपालिकाको सैनिक टोलबाट झण्डै ५० ग्राम ब्राउन सुगरसहित सुनसरीको धरान उपमहानगरपालिकाका सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको थियो।

कञ्चनपुरको बेलौरी नगरपालिकास्थ्ति दुखी टोलीबाट सुक्लाफाँटा नगरपालिकाका मनिष सुनार र धनगढी उपमहानगरपालिकाका एक किशोरलाई अटो जाँच गर्ने क्रममा ३७० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ असोज १२, सोमबार