कार्तिक २, २०८३ सोमबार October 19, 2026

आजको मौसमः माैसम सामान्यतया सफा रहने

लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मौसम सफा रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २ कार्तिक। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहेको छ। यस्तै, लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई भू-भागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भू-भागलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

राति भने देशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ, पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

हाल कुनै पनि मौसमी चेतावनी जारी गरिएको छैन। तथापि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया