कार्तिक २, २०८३ सोमबार October 19, 2026

भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण

४९ परिवारलाई कुल रु १४ लाख ७० हजार सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जुम्ला। पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ ।

रोजगारीको सिलसिलामा रसुवा पुगेका पातारासीका ४९ जना बाढीमा बेपत्ता भएका थिए । गाउँपालिकाले बाढीपीडित प्रतिपरिवारलाई रु ३० हजारका दरले रकम वितरण गरेको हो ।

गाउँपालिकाका अनुसार वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको साझेदारीमा परियोजनाअन्तर्गत कुल रु १४ लाख ७० हजार सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।

यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए), ग्रेट हिमालयज नेपलिज रेस्टुरेन्ट साउथपोर्ट, यूके) तथा लिभरपुल नेपाली समाजको संयुक्त रुपमा रु पाँच लाख बराबरको राहत सामग्री प्राप्त भएको गाउँपालिकाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया