कार्तिक २, २०८३ सोमबार October 19, 2026

तीन जिल्लाका मुख्य सडक खण्ड प्रभावित

पहिरोका कारण कर्णाली राजमार्ग एकतर्फी रूपमा मात्र सुचारु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । बाढी तथा पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्।

सोमबार बिहान ६:३० बजेसम्म प्राप्त विवरण अनुसार म्याग्दी, गोरखा र सुर्खेत जिल्लाका सडक खण्डहरू बाढी र पहिरोका कारण अवरुद्ध तथा एकतर्फी सुचारु रहेका छन्।

गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान ५:५० बजे गएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड हाल एकतर्फी रूपमा सुचारु रहेको छ। यस्तै, गोरखा जिल्लाको आरुघाट गाउँपालिका–२, ३ र आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित बाढीका कारण सोतीमा रहेको फलामको पुल र गोर्खा आरुघाटबाट धादिङ जोड्ने सडक असोज २५ गते बिहान ५:३० बजेदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ।

यसैगरी, कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको बराहताल गाउँपालिका–७ औलिसेमा कात्तिक १ गते बिहान ५:४५ बजे गएको पहिरोका कारण कर्णाली राजमार्ग एकतर्फी रूपमा मात्र सुचारु रहेको प्रहरीले जनाएको छ। अवरुद्ध सडकहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक प्रयास भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ओमानलाई हराउँदै नेपाल लिग-२ को शीर्ष ६ मा
२०८३ कार्तिक २, सोमबार
इटालीमा महँगीविरुद्धको प्रदर्शनमा हिंसा, प्रधानमन्त्री मेलोनीद्वारा निन्दा
२०८३ कार्तिक २, सोमबार
भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा
२०८३ कार्तिक २, सोमबार
मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
२०८३ कार्तिक २, सोमबार
हेगमा पीटीएमको आरोपः पाकिस्तानी सेनाले आतंकवादी समूहहरू खडा गर्‍यो
२०८३ कार्तिक २, सोमबार
राष्ट्रपति लुइज इनासिओ लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै
२०८३ कार्तिक २, सोमबार
कोप-३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
२०८३ कार्तिक २, सोमबार