असोज १२, २०८३ सोमबार September 28, 2026

पिङ खेल्ने निहुँमा कुटपिट गरी हत्या गर्ने २ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्याङजामा कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको पुतलीबजार नगरपालिका–६ पुरीस्वारा बस्ने २९ वर्षीय सूर्यबहादुर गुरुङको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ३४ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ र ३४ वर्षीय गिरबहादुर गुरुङलाइ पक्राउ गरिएको हो ।

सोमबार राति पुतलीबजार नगरपालिका–६ टक्सार कोल्डाँडा पहिरोस्थित मादक पदार्थ सेवन गरी पीङ खेल्ने क्रममा झगडा हुँदा सूर्यबहादुर गम्भीर घाइते भएकोमा जिल्ला अस्पताल हुँदै थप उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मंगलबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ असोज १२, सोमबार