कार्तिक १६, २०८३ सोमबार November 2, 2026

समानान्तर गतिविधिमा देउवा समूह, जिल्ला अधिवेशन सम्पन्न

अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गर्ने कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसक्दा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ । पार्टीभित्रको नेतृत्व र संगठनात्मक विवादले कांग्रेसका गतिविधि दुई धारमा अघि बढिरहेका बेला आइतबार देउवा समूहले जिल्ला अधिवेशन गरेको हो । संस्थापन पक्षले केन्द्रीय महाधिवेशन गरिसकेको भए पनि देउवा समूहले जिल्ला अधिवेशन गरेको हो ।

यो अधिवेशनलाई देउवा समूहले आफ्नो संगठनात्मक गतिविधि निरन्तरता दिने प्रयासका रूपमा हेरिएको छ । पार्टीको आधिकारिक संरचनाभन्दा अलग रहेर जिल्ला तहमा गतिविधि अघि बढाउनुले कांग्रेसभित्रको विभाजन र समानान्तर संगठन सञ्चालनको अवस्थालाई थप स्पष्ट पारेको छ । देउवा समूहको घोषित कार्यतालिकाअनुसार कात्तिक १५ गते देशभर जिल्ला अधिवेशन गर्ने तयारी थियो । तर, केही जिल्लामा स्थानीय परिस्थितिअनुसार मिति परिवर्तन गरिएको छ ।

यसअघि समूहले संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी र रोल्पामा जिल्ला अधिवेशन सम्पन्न गरेको विवरण सार्वजनिक गरेको थियो । यसैगरी, काठमाडौं जिल्ला अधिवेशन कात्तिक २१ गते गर्ने तयारी छ । अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

देउवा समूहले मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । यसअघि वडा, पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढाइएको थियो ।

अर्कोतर्फ, गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । संस्थापन पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरे पनि जिल्ला र प्रदेश तहका अधिवेशन नगरी नेतृत्व चयन गरेको थियो । देउवा समूहले भने तल्लो तहदेखि नै अधिवेशन गरेर छुट्टै केन्द्रीय नेतृत्व चयन गर्ने रणनीति अघि सारेको छ ।

यसबीच सभापति गगन थापाले देउवा समूहलाई अलग्गै महाधिवेशन नगर्न र पार्टीको मूल प्रक्रियामा सहभागी हुन आग्रह गर्दै आउनुभएको छ । उहाँले पार्टीभित्र एकताका लागि आफू लचिलो हुन तयार रहेको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । तर, देउवा समूहले आफ्नो छुट्टै महाधिवेशन प्रक्रिया रोकेको छैन । यसरी कांग्रेसभित्र अहिले दुई नेतृत्व र दुई संगठनात्मक प्रक्रियाका गतिविधि समानान्तर रूपमा अघि बढिरहेका छन् ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
२०८३ कार्तिक १६, सोमबार
गाउँपालिका महासंघकी अध्यक्ष पाण्डे अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित
२०८३ कार्तिक १६, सोमबार
नेतान्याहुलाई इजरायलमा नयाँ सरकार बनाउन र विश्वासको मत पाउन कठिन
२०८३ कार्तिक १६, सोमबार
मलेखु-मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द
२०८३ कार्तिक १६, सोमबार
न्यायालयमा छानबिन, संसदमा महाभियोगको तयारी
२०८३ कार्तिक १६, सोमबार
वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
२०८३ कार्तिक १६, सोमबार
एनपीएलमा आज सोमबार दुई महत्त्वपुर्ण खेलहरू हुँदै
२०८३ कार्तिक १६, सोमबार