असोज १२, २०८३ सोमबार September 28, 2026

धापासीमा भएको युवक हत्यामा संलग्न थप दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौंको धापासीमा हत्या गरिएका युवकको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगन्जको टोलीले हत्यामा संलग्न भएको आरोपमा संखुवासभाका १९ वर्षीय दोर्जे शर्पा र टोखा बस्ने २६ वर्षीय डेडे भन्ने राम श्रेष्ठ पक्राउ गरेको हो ।

शुक्रबार भएको ग्याङफाइटमा मारिएका २५ आशिष मगरको हत्यामा संलग्न फरार उनीहरुलाई शनिबार र आइतबार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरुले मगरको छातीमा छुरा प्रहार गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार रवि थापा मगर र दिवश अधिकारी पक्राउ गरेको थियो ।

गम्भीर घाइते भएका मगरलाई उनका साथीहरूले उपचारको लागि चिरायू अस्पताल लगेका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ असोज १२, सोमबार