भाद्र १, २०८३ सोमबार August 17, 2026

टी-ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी छनौट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन जना खेलाडी पहिलो पटक छनौट भएका छन् ।

छनौट भएका राष्ट्रिय टोलीका सदस्यहरूमा सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आइसिसीको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा समावेश भएका हुन् ।

नेपाली बलरहरुमा सन्दीप लामिछाने शीर्ष स्थानमा रहेका छन् । वरियताको बलिङतर्फ लामिछाने ६४औँ स्थानमा रहेका छन् । हालसम्म सन्दीपले ४२२ रेटिङ अङ्क पाएका छन् ।

यसैगरी ३७७ रेटिङ अङ्क पाएका करण ८३औँ स्थानमा रहेका छन् । ३५२ रेटिङ अङ्क पाएका अविनाश १०० औँ स्थानमा छन् ।

त्यस्तै बलिङतर्फ सोमपाल ४०८ रेटिङ अङ्क सहित ६८ औँ स्थानमा छन् । ३८६ रेटिङ अङ्क पाएका वसन्त ९०औँ स्थानमा झरेका छन् । टी ट्वान्टीको अलराउन्डर वरियतातर्फ कप्तान पारस खड्का २४औँ स्थान माथी उक्लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार