असार २३, २०८२ सोमबार July 7, 2025

टी-ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी छनौट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन जना खेलाडी पहिलो पटक छनौट भएका छन् ।

छनौट भएका राष्ट्रिय टोलीका सदस्यहरूमा सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आइसिसीको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा समावेश भएका हुन् ।

नेपाली बलरहरुमा सन्दीप लामिछाने शीर्ष स्थानमा रहेका छन् । वरियताको बलिङतर्फ लामिछाने ६४औँ स्थानमा रहेका छन् । हालसम्म सन्दीपले ४२२ रेटिङ अङ्क पाएका छन् ।

यसैगरी ३७७ रेटिङ अङ्क पाएका करण ८३औँ स्थानमा रहेका छन् । ३५२ रेटिङ अङ्क पाएका अविनाश १०० औँ स्थानमा छन् ।

त्यस्तै बलिङतर्फ सोमपाल ४०८ रेटिङ अङ्क सहित ६८ औँ स्थानमा छन् । ३८६ रेटिङ अङ्क पाएका वसन्त ९०औँ स्थानमा झरेका छन् । टी ट्वान्टीको अलराउन्डर वरियतातर्फ कप्तान पारस खड्का २४औँ स्थान माथी उक्लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार