असोज १२, २०८३ सोमबार September 28, 2026

धनगढी प्रहरी हत्याकाण्ड : थप एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रहरी हत्याकाण्डमा जोडिएपछि कैलालीका एक जना व्यापारीलाई पक्राउ गरेको छ ।

कैलालिको धनगढी उपमहानगरपालिकाको जुगेडामा प्रहरी असई र जवानको तस्करहरूले हत्या गरेको घटनामा जोडिएपछि व्यापारी राजीव गुप्तालाई पक्राउ गरेको जानकारी दिएको छ ।

जुगेडा चौकीका इन्चार्ज रहेका असई गोविन्द विक र जवान रामबहादुर साउदको विभत्स हत्या भएको त्यसरात तस्करी भएको मटर गुप्ताको भएको भन्दै मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले उनलाई हिरासतमा राखी अनुसन्धान भइरहेको जनाएका छन । सिंहले भने ‘त्यो घटनामा सुरूमा सात जना, त्यसपछि एक जना गरी आठ जनालाई पक्राउ गरी बयान लिँदा ती व्यापारीको नाम आएपछि पक्राउ गरेर अनुसन्धान हुँदैछ,।

घटनामा संलग्नता देखिएका ९ जनालाई प्रकाउ गरेर उनीहरूविरूद्ध मुद्दा दायर गरी प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का पर्कु भन्ने वर्ष ३१ को रोहित राना, वर्ष २० का राजेन्द्र राना, वर्ष ३० का चोर भन्ने सुरेश राना, वर्ष २५ का गब्बर भन्ने राजकुमार राना, वर्ष २२ का रामनिवास राना, वर्ष २९ का टल्लु भन्ने दलराम राना, वर्ष २५ का राम गोपाल राना र अर्का रोहित राना पक्राउ परेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ असोज १२, सोमबार