मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

जिल्लाका २७ परीक्षा केन्द्रमा सञ्चालित लिखित परीक्षामा ६ हजार ८३६ परीक्षार्थी सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेटौँडा । शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट २० थान मोबाइल फोन जफत गरिएको छ ।

परीक्षा हलमा मोबाइल फोन लैजान नपाउने पूर्वसूचनालाई बेवास्ता गर्दै २० जना परीक्षार्थीले लुकाइछिपाइ मोबाइल लगेपछि ती फोन जफत गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार जिल्लाका २७ परीक्षा केन्द्रमा सञ्चालित लिखित परीक्षामा ६ हजार ८३६ परीक्षार्थी सहभागी भएका थिए ।

परीक्षाको निष्पक्षता, गोपनीयता र मर्यादा कायम राख्न शिक्षक सेवा आयोगको परीक्षा सञ्चालन निर्देशिकाले परीक्षा हलभित्र मोबाइल फोन लैजान निषेध गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आईसीसी विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टोली सार्वजनिक
२०८३ मंग्सिर १२, शनिबार
शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत
२०८३ मंग्सिर १२, शनिबार
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर १२, शनिबार
सरकारी सूचीकरणविरुद्ध नेवार समुदायको आपत्ति, दलित आयोग खारेजीको माग
२०८३ मंग्सिर १२, शनिबार
हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी
२०८३ मंग्सिर १२, शनिबार
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्म बमोजिम सञ्चालन
२०८३ मंग्सिर १२, शनिबार
भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
२०८३ मंग्सिर १२, शनिबार