बैसाख २६, २०८३ शनिबार May 9, 2026

हिटर प्रयोग गर्नुअघि जान्नैपर्ने ५ कुरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जाडोमा घर, कार्यालय सबैतिर हिटरको प्रयोग हुने गरेको छ । चिसो याममा न्यायोपनका लागि हिटर उपयोगी भएता पनि यसलाई प्रयोग गर्न नजान्दा दु:खदायी घटना समेत हुने गरेको छ ।

चिकित्सकहरुका अनुसार झ्याल-ढोका बन्द गरी आगो ताप्ने वा हिटरको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले घातक हो ।

जाडो छल्नका लागि अपनाइने यस्ता उपायले धेरैको ज्यान गएको चिकित्सकहरु बताउँछन् । त्यसैले चिसोमा तपाईं विद्युतीय  हिटरको साटो अन्य कुनै प्राकृतिक विकल्प नै प्रयोग गर्नुहोस् ।

१. हावाको ओसिलोपना सोस्छ

जब तपाईं हिटर खोल्नुहुन्छ, तब यसले तपाईंको वातावरणमा भएको ओसिलो हावालाई सोसिदिन्छ । हिटर धेरै प्रयोग गर्दा छाला सुख्खा हुने तथा चिलाउने समस्या आउन सक्छ । बालबालिकाको नरम र संवेदनशिल छालाको लागि हिटर एकदमै नराम्रो कुरा हो ।

२. निसासिने गराउँछ

श्वास प्रश्वासको समस्या भएकाहरुलाई हिटरले स्वास फेर्न अप्ठयारो बनाउन सक्छ । हिटर प्रयोग गर्ने हो भने सधैं एक बाल्टिन पानी राखेर झ्याँलहरु खुल्ला राख्नुहोस् ।

३. शरीरको तापमान तलमाथि बनाउँछ

हिटरको कृतिम तापमानमा बस्ने बानी तपाईंको शरीरलाई परेको छ भने जब तपाईं बाहिर जानु हुन्छ तब तपाईंको शरीरको तापमान अचानक गडबड हुन सक्छ । यस्तो बेला तपाईं बिरामी पनि पर्न सक्नुहुन्छ ।

४. आगो तथा चोटपटक लाग्न सक्छ

 जब तपाईं हिटरमा धेरै लामो समयसम्म बस्नुहुन्छ, तब तपाईंको शरीरको अंग जल्ने तथा चोटपटक लाग्ने सम्भावना हुनसक्छ ।

५. बटम लाइन

हिटर प्रयोग गरिसकेपछि यसलाई टर्न अफ गर्न नबिर्सनुहोस् । यसको माथि कुनै पनि वस्तु नराख्नुहोस् । हावामा ओसिलोपनाको सन्तुलन कायम गर्न बाल्टिन भरी पानी राख्नुहोस् । हिटर प्रयोग गर्न पावर कर्ड एक्सटेन्सन अर्थात मल्टिप्लग प्रयोग नगर्नुहोस् । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
२०८३ बैसाख २६, शनिबार