काठमाण्डौः यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन् । २० जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै नम्रताले मिस नेपाल वर्ल्ड २०२० को उपाधि जितेकी हुन् ।
यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेका छन् । अन्तिम राउण्डमा निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिंदै नम्रताले मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।
निर्णायकले ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा कस्तो परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ’ भनेर सोधिएको थियो । त्यसको जवाफमा नम्रताले नेपाली महिला सकारात्मक सोचको हुने र त्यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया