असार २३, २०८२ सोमबार July 7, 2025

कर्मचारी सरुवामा नयाँ कार्यविधि बन्दै : अनलाइनबाटै निवेदन, मूल्यांकन गर्न पाँच सदस्यीय समिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्मचारीको सरुवालाई पारदर्शी र व्यवस्थित बनाउन सरकारले नयाँ कार्यविधि बनाउँदै छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव वसन्त अधिकारीको नेतृत्वमा कार्यविधि बनाउन कार्यदल गठन गरिएको छ । यही कार्यदलले कर्मचारी समायोजन संशोधनसम्बन्धी मापदण्डसमेत बनाउँदै छ ।

कर्मचारी सरुवालाई विवादरहित बनाउन नयाँ कार्यविधि बनाउन लागिएको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । सरुवा प्रणालीलाई सिस्टममा लैजाने प्रयास भइरहेको उनको भनाइ छ । कार्यदलका संयोजक अधिकारीले सरुवासम्बन्धी कार्यविधि र समायोजन संशोधनको मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताए ।

पछिल्लो समय मन्त्रालयले अनलाइनमार्फत नै सरुवाको निवेदन संकलन गर्न थालेको छ ।

अनलाइनबाट आउने निवेदनहरू मूल्यांकनका लागि पाँच सदस्यीय समिति पनि गठन गरिएको छ । जसमा सहसचिवहरू वसन्त अधिकारी, राजीव पोखरेल र नारायण अर्याल छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट गठन भएको समितिमा दुई उपसचिव सदस्य छन् । समितिले निवेदनउपर मूल्यांकन गरी सरुवाका लागि सिफारिस गर्नेछ । यसरी समिति नै बनाएर मूल्यांकन गर्दा थप निष्पक्ष र पारदर्शी निर्णय हुने मन्त्रालयको विश्वास छ ।

अन्तरप्रदेश र अन्तरस्थानीय तह सरुवा अन्योलमा 

सरकारले अन्तरस्थानीय तह र अन्तरप्रदेश कर्मचारी सरुवाको बाटो खोले पनि कार्यान्वयन अन्योलमा परेको छ । १ भदौमा मन्त्रिपरिषद्ले त्यससम्बन्धी निर्णय गरेको भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म कार्यान्वयन गरेको छैन । त्यससम्बन्धी कार्यविधि निर्माणकै क्रममा छ । स्रोतका अनुसार पछिल्लो समय मन्त्रालयले अत्यावश्यक देखिएको अवस्थामा मात्र अन्तरप्रदेश तथा अन्तरस्थानीय सरुवाको निर्णय गर्ने रणनीति बनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयले समायोजन भएका कर्मचारीलाई अन्य प्रदेश र स्थानीय तहमा सरुवा गर्न बाटो खुलेको थियो । यसअघि समायोजन भएका कर्मचारीलाई अन्यत्र सरुवा गर्ने व्यवस्था थिएन । सम्बन्धित स्थानीय तह र प्रदेश सरकारको सहमतिमा कर्मचारीको अन्तरप्रदेश तथा अन्तरस्थानीय तह सरुवा गर्न लागिएको छ ।

संघीय सरकारको निर्णयले संघमा समायोजन भएका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा जान पनि बाटो खुलेको थियो । त्यसरी प्रदेश तथा स्थानीय तहमा जान चाहने करिब ६ सय कर्मचारीले मन्त्रालयमा दिएका निवेदन पनि अलपत्र परेका छन् । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार