असार २३, २०८२ सोमबार July 7, 2025

विप्लव कार्यकर्ता खोज्न मिक्लाजुङमा ‘सर्च अपरेसन’ सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको पार्टीका कार्यकर्ताले हत्या गरेका छन् । श्रेष्ठको शव मंगलबार बिहान स्थानीय बर्खे जंगलमा फेला परेको थियो ।  हत्याको जिम्मेवारी विप्लव समूहले लिएको छ । सुराकीको आरोपमा उनलाई सम्झाउन जाँदा हतियार लिएर प्रतिकार गर्दा उनको मृत्यु भएको विप्लव समूहको दाबी छ ।

मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सिमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो । त्यहाँ पुग्न मोरङ टाँडीस्थित प्रहरी चौकीबाट चार घण्टा लाग्छ । घटना भएपछि मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन सञ्चालन गर्ने निर्णय गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने,“स्थानीयमा समेत त्रासको अवस्था सिर्जना भएको छ । गोली हानेर हत्या गरेको भनिएकोमा त्यो नभएर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको देखिएको छ । प्रहरी टोली घटनास्थल पुगिसकेकोले सर्च अपरेसन शुरु भईसकेको छ ।”

प्रजिअ निरौलाले घटनास्थल क्षेत्रमा विगतमा पनि प्रहरी कार्यालय स्थापना गर्न स्थानीयले माग गरेकोले त्यस विषयमा पनि प्रशासन सकारात्मक भएको बताए ।  “हत्या भएको घटनालाई हामीले विभिन्न कोणबाट विश्लेषण गरिरहेका छौं,” प्रजिअ निरौलाले भने,“भौगोलिक हिसाबले पनि ठाउँ विकट रहेकोले अनुसन्धान र खोजीको पाटोलाई सतर्कतासाथ अघि बढाइने छ ।”

हत्या गरिएका शिक्षकलाई सुराकीको आरोप लगाइ बिहानै अपहरण गरिएको भन्ने जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ ।  शिक्षकको हत्या भएको घटनाबारे प्रहरीलाई आफन्तले जानकारी गराएपछि प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्याल्यको टोली दिउँसो घटानास्थलतर्फ लागेको थियो । धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको अवस्थामा प्रहरीले श्रेष्ठको शव फेला पारी शवको मुचुल्का उठाएको छ ।

स्थानीयले बिहान जंगलमा गोली चलेको आवाज सुनिएको भन्ने जानकारी प्रहरी समक्ष गराएका थिए ।  तर, प्रहरीले भने धारिलो हतियारको प्रयोगबाट प्रअ श्रेष्ठको हत्या गरेपछि फायर खोलेको हुनसक्ने अनुमान गरेको छ ।  घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले श्रेष्ठको हात बाँधेको र धारिलो हतियारले घाँटी रेटेको देखिएको जानकारी दिएका छन् । प्रहरीले घटनामा संलग्नको खोजीलाई तीव्रता दिइएको जनाएको छ ।

यो क्षेत्रबाट केहीअघि मोरङ प्रहरीका एसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरीको टोलीले विप्लवका दुईजना नेतालाई पक्राउ गरेको थियो ।  प्रहरीले इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर २ का ३२ वर्षीय प्रतिक भनिने काषिनाथ घिमिरेलाई हतियारसहित पक्राउ गरेको थियो ।

सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा मोरङको उर्लाबारीमा बन्दोवस्तीका सामान खरिद गर्न आएका बेला केहीअघि पक्राउ परेका थिए । बार्हखरी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार