असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक शुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल र भारतबीचको विद्युत् व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि हुँदै आएको ऊर्जा सचिवस्तरीय बैठक बिहीवारदेखि शुरू भएको छ । आठौं ऊर्जा सचिवस्तरीय बैठक बिहीवारदेखि भर्चुअल माध्यमबाट शुरू भएको हो ।

शुक्रवारसम्म हुने उक्त बैठकमा बिहीवार जोइन्ट वर्किङ ग्रूप अर्थात् सहसचिवस्तरीय वार्ता भएको छ । शुक्रवार भने जोइन्ट स्टेरिङ ग्रूप अर्थात् सचिवस्तरीय वार्ता हुने ऊर्जा मन्त्रालयले बताएको छ ।

बैठकको पहिलो दिन नेपालका तर्फबाट ऊर्जा सहसचिव प्रवीणराज अर्यालले नेतृत्व गरेका थिए । यस्तै, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग र लगानी बोर्डका प्रतिनिधिको उपस्थिति थियो । भारतको तर्फबाट पनि ऊर्जा सहसविचलगायत प्रतिनिधि सहभागी थिए ।

अहिले कोरोना भाइरसको असरका कारण वार्ताको लागि विशेष नयाँ एजेन्डा बनाइएको छैन । अहिलको वार्तामा पुराना एजेन्डा र पहिलाका निर्णयको प्रगति प्रतिवेदनबारे छलफल हुनेछ ।  नेपाल–भारतबीच २०७१ कात्तिक ४ गते विद्युत् व्यापार सम्झौता भएको थियो । पीटीए कार्यान्वयनका लागि नेपाल– भारतको सचिवस्तरीय बैठक हरेक वर्ष हुँदै आएको छ । पीटीएपछि दुवै देशले आलोपालो बैठक राख्दै आएका छन् । यसअघि २०१९ अक्टोबर (२०७६ असोज २६ र २७) मा भारतको बैङ्लोरमा यस्तो बैठक सम्पन्न भएको थियो । यसपटकको बैठक भने नेपालको नेतृत्वमा शुरू गरिएको हो ।

गतवर्षको बैठकमा न्यू बुटवल–न्यू गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन (४०० केभी) को निर्माण दुवै देशले बराबर लगानी गरेर बनाउने निर्णय भएको थियो । बैङ्लोर बैठकले दुई देशबीच थप दुई अन्तरदेशीय प्रसारण लाइन इनरुवा–पूर्णिया र लम्की–बरेलीको विस्तृत परियोजना प्रतिवेदन पनि स्वीकृत गरेको थियो । उक्त दुई प्रसारण लाइनको लगानी ढाँचा भने यसै बैठकमा तय गरिने बताइएको छ ।

यो बैठकमा अन्तरदेशीय प्रसारण लाइनले नै प्राथमिकता पाउने बताइएको छ । यस्तै, इनर्जी बैंकिङ, सञ्चालित प्रसारण लाइनको स्तरोन्नति र सुनौली–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणको प्रस्ताव पनि बैठकमा पेश गरिनेछ । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार