असार २३, २०८२ सोमबार July 7, 2025

अरनिको राजमार्ग पुनर्निर्माण गरिदिने चीनको प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भूकम्प तथा बाढीपहिरोबाट क्षतविक्षत बनेको नेपाल–चीन जोड्ने पहिलो उत्तरी नाका अरनिको राजमार्ग पुनर्निर्माणका लागि चीन सरकारले प्रस्ताव गरेको छ । ८० मिलियन युआन (१ अर्ब ४४ करोड २) लाख रुपैयाँ लगाएर राजमार्ग पुनर्निर्माण गरिदिने प्रस्ताव चीन सरकारले राखेको हो ।

२०७२ सालको भूकम्प र त्यसपछि गएको बाढीपहिरोका कारण क्षतिग्रस्त अरनिको राजमार्ग पुनर्निर्माणका लागि चिनियाँ दूतावासमार्फत प्रस्ताव प्राप्त भएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाले जानकारी दिएको छ ।

चीन सरकारले पुनर्निर्माणको प्रस्ताव पठाए पनि तत्काल काम थालनी हुने सम्भावना भने छैन । कोरोना महामारीका कारण चिनियाँ निर्माण टोली आउने सम्भावना नभएको सडक विभागले बताएको छ ।

सडक विभागका अनुसार चीन सरकारले पाँचखालदेखि कोदारीसम्मको खण्ड पुनर्निर्माण गरिदिने प्रस्ताव राखेको छ । प्रस्तावअनुसार सडकको स्तरोन्नति हुने छैन र भूकम्प, वर्षाले क्षति पुगेको स्थानमा पुनर्निर्माण गर्ने काम हुनेछ । ६० भन्दा बढी स्थानमा सडक क्षतिग्रस्त छ ।

अहिले अरनिको राजमार्गअन्तर्गतको कोठे, लामोसाँघु बाह्रबीसे, खुर्सानीबारी, सिरिसे, खग्दोल, जम्बु, झ्याले, डाकलांक, माथिल्लो भोटेकोशी ड्याम क्षेत्र, घट्टे खोलालगायत १५ स्थानमा पुल र सडकमा समस्याका कारण राजमार्गमा यातायात सञ्चालन गर्न अप्ठ्यारो छ । यी ठाउँमा दुवैतर्फ गाडीहरू आवातजावत गर्न मिल्दैन ।

वर्षामा राजमार्ग अवरुद्ध हुँदा लामो समयसम्म सडक एकतर्फी सञ्चालनमा छ । अभैm केही ठाउँमा वैकल्पिक व्यवस्था गरेर सडक सञ्चालन गरिएको छ । आर्थिक अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार