असार २३, २०८२ सोमबार July 7, 2025

हुम्लामा एक सिलिन्डरको मूल्य चौध हजार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हुम्लामा एक सिलिन्डर ग्याँसको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो ।

सिमकोट बजारका बासिन्दा नन्दकुमार सिंहले एक ग्यास सिलिन्डरको मूल्य १४ हजार तिरेको बताए । विद्युत् नियमित नहुने, दाउरा बाल्दा महँगो पर्ने भएपछि ग्यासको जोहो गर्दा ग्यासको मूल्य चर्को तिर्नुपरेको उनको भनाइ छ । पैसा बढी परे पनि सहज हुने भएको कारण हुम्लामा ग्यास चुलोप्रति आकर्षण बढ्दै गएको छ ।

हवाईजहाजमा ल्याउन नमिल्ने र खच्चडमा ढुवानी गरेर हुम्लामा ग्यास सिलिन्डर भित्रिने गरेको छ । ग्यास व्यापारी लोकेन्द्र शाहीले हुम्लामा ग्यास महँगो पर्नुको कारण पाँच दिन पैदल लगाएर ढुवानी गर्नु रहेको बताउँछन् । उनले अग्रिम अर्डर भएपछि मात्र मुगुबाट ग्यासका सिलिन्डर झिकाउने गरेको जानकारी दिए ।

अर्कोपटक ग्यास भर्नुपर्दा नौ हजार रुपियाँ लाने गरिन्छ । सिलिन्डर व्यापारीलाई फिर्ता दिने र अर्को भरी सिलिन्डर ग्राहकलाई दिने गरिन्छ । हुम्लामा ७० जना ग्यास चुलो प्रयोग गर्ने ग्राहक रहेको बताइन्छ । पहिलोपटक हुम्लामा ग्यास चुलो प्रयोग गर्नेको सङ्ख्या पाँच जना थियो ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार