मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

गाउँपालीका अध्यक्षले मानेनान सर्वोच्चको आदेश स्थानियद्धारा विरोध सभा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं:  गोरखा जिल्लाको सिरानचोक गाउँपालीकाका अध्यक्षको कदमको विरुद्ध स्थानियहरुबाट कडा रुपमा विरोध सभा भएको छ ।

गोरखा जिल्लाको सिरानचोक गाउँपालीकाका अध्यक्ष राजु गुरुङ्ग लगाएत प्रशासकीय अधिकृतले सम्मानित सर्वोच्च अदालतको आदेशको ठाडो उल्लघंन गरेकोले स्थानियहरुले पौष ०६ गते सोमवार विरोध र्याली गरेका हुन ।

सिरानचोक गाउँपालीकाको केन्द्र  परिवर्तन सम्वन्धी मुद्धामा सम्मानित सर्वोच्च अदालतको मिती २०७७/०६/२७ गतेको आदेश विपरीत छोप्राकमैदानमा रहेको आफ्नै भवनबाट षड्यन्त्रमुलक ढङ्गबाट सोही गाउँपालीकाको चित्रेपोखरी भन्ने स्थानमा केन्द्र सारी भाडाको घरमा  कार्यालय स्थापना गरी समाचार सम्प्रेषण गरेको मितीसम्म सम्पुर्ण काम-कार्वाही गरिरहेको स्थानियहरुले बताएका छन ।

मिती २०७७/०६/२७ गतेको सम्मानित सर्वोच्च अदालतको आदेशमा उक्त्त मुद्धाको अन्तिम टुङ्गो नलागेसम्म सम्पुर्ण काम कार्वाही यथास्थितीमा राख्नु भनिएकोमा अदालतलाई गुमराहमा राखी जनतालाई ढाटेर दुख दिने काम गरिरहेका छन ।

मिती २०७७ साल आषाढ ३१ को गाउँसभाले गरेको केन्द्र परिवर्तन सम्वन्धी निर्णयमा चित्त नबुझेपछि स्थानिय सचेत नागरीकहरुले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन हालीसकेको र केन्द्र तोक्ने अधिकार नेपाल सरकारको भएको अवस्थामा केही निर्वाचित सदस्य र कर्मचारीको जोडबलमा आफुखुसी केन्द्र सारेपछि स्थानियको धर्ना, विरोध जुलुस हुने क्रम बढिरहेको छ ।

सम्मानित अदालतको आदेश पश्चात गाउँपालीकाका अध्यक्ष गुरुङ्गले छोप्राकमैदानमा रहेको कार्यालयको खाली कोठामा नेमप्लेट झुन्डयाई दैनिक प्रशासन लगाएतका सम्पुर्ण काम-कार्वाही चित्रेपोखरी भन्ने ठाउँमा सञ्चालन गरिरहेका छन । यसरी काम चित्रेपोखरीबाट र नेमप्लेट छोप्राकमैदानमा राख्ननाले यतिबेला गाउँपालीकाका जनताहरुले दैनिक सास्ती भोग्नुपरेको स्थानियहरुले बताएका छन ।

सम्मानित सर्वोच्च अदालतको आदेशको उल्लघंन तथा ठुलो संख्यामा रहेका स्थानिहरुको मन र भावनामा समेत असर पर्नेगरी केही व्यक्त्तीगत स्वार्थको लागी जनप्रतिनिधीबाटनै गम्भिर छलकपट हुदां जनताहरुले हैरानी व्यहोर्नुपर्दा वर्तमान व्यबस्थादेखिनै जनताहरु निराश हुन थालेको विश्लेषण हुन थालेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार