काठमाण्डौंः छोराका हत्यारालाई कारबाही गरिनुपर्ने लगायतका विभिन्न माग राखेर लामो समयदेखि सत्याग्रहमा बस्दै आएकी गंगामाया अधिकारीले पुन: आमरण अनसन सुरु गरेकी छन् ।
विश्व महामारी कोरोना भाईरस सुरु भएपछि वीर अस्पतालको ट्रमा सेन्टरको सातौं तलामा आइसोलेसनमा राखिएकी गंगामायाले आइसोलेसन बेडबाटै सोमबार पुनः सत्याग्रह सुरु गरेकी हुन् ।
गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालिनमा माओवादीहरुले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया