माघ २४, २०८२ शनिबार February 7, 2026

सरकारलाई बदनाम गर्न खोजिँदैछ, प्रतिकार गर्नुहोस् :‘प्रचण्ड’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बचाउ गरेका छन्।

नेवाः मुक्ति मोर्चा नेपालले आइतबार आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारको बचाउ गर्दै सरकारलाई बदनाम गर्न खोज्नेको प्रतिकार गर्न आग्रह समेत गरेका छन।

‘अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्’ अध्यक्ष प्रचण्डले भने, उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम गर्न सकिएला, पार्टीका नेताहरुबीच के गरी विवाद गर्न सकिएला भनेर लागिरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ।’

अध्यक्ष ओलीसँग आलोपालो प्रधानमन्त्री बन्ने विषयमा मतभेद चलिरहेको चर्चा चलिरहेकै बेला अध्यक्ष प्रचण्डले विकार र समृद्धिका लागि राजनीतिक स्थिरता र स्थायी सरकार हुनु्पर्ने बताएका हुन्। ‘देशको विकास र राजनीतिक स्थायित्वका लागि स्थायी सरकारको जरुरी छ’, उनले भने, ‘तपाईंह्रुसँग बलियो सरकार भएको हेर्न नचाहनेका विरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्न अपिल गर्दछु।’

पूर्वप्रधानमन्त्री समेतच रहेका प्रचण्डले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताएका छन।

अध्यक्ष प्रचण्डले नेपाल संंवत्लाई नेवारहरुको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संंवत्का रूपमा लैजानुपर्ने औँलयाएका छन।

आफू प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भनाइ राख्दै अध्यक्ष प्रचण्डले शङ्खधर साख्वाःबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानको रु ३० हजारको ऋण मिनाहा गरिदिएको बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना
२०८२ माघ २४, शनिबार
झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि
२०८२ माघ २३, शुक्रबार
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
२०८२ माघ २३, शुक्रबार
प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव
२०८२ माघ २३, शुक्रबार
निर्माणाधिन संसद भवनको काम समयमै सक्न अध्यक्ष दाहालको निर्देशन
२०८२ माघ २३, शुक्रबार
निर्वाचन सुरक्षाका लागि नेपाल–भारत सीमामा ७२ घण्टा अघिदेखि आवतजावत रोक
२०८२ माघ २३, शुक्रबार
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
२०८२ माघ २३, शुक्रबार