मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

ललितपुर उद्योग वाणिज्य सङ्घमा न्याछ्यों विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी हुनुभएको छ ।

अध्यक्षका प्रतिस्पर्धी भरतलाल जोशीलाई पराजित गर्दै न्याछ्यों निर्वाचित हुनुभएको हो । निर्वाचनमा न्याछ्योंले ६७८ र जोशीले ५१४ मत प्राप्त गर्नुभएको सङ्घले जनाएको छ । न्याछ्यों पाटन खाद्य भण्डारका सञ्चालक एवं व्यवसायी हुनुहुन्छ ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उपाध्यक्ष (उद्योग) मा सुसन महर्जन, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेशराज बज्राचार्य, रुपेन्द्रराज शाक्य, शर्मिला श्रेष्ठ (जोशी) र सुजन बज्राचार्य विजयी हुनुभएको छ ।

त्यसैगरी वाणिज्य उपाध्यक्षमा उसन बज्राचार्य, संस्थागत उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ, महासचिवमा रुपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यमा आपुलाल अवाले, गुणकेशरी ताम्राकार, मिलन शाक्य, रमेशसिं महर्जन, राजु महर्जन र सजना श्रेष्ठ विजयी हुनुभएको छ ।

संस्थागत कार्यसमिति सदस्यतर्फ नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ ललितपुरका पूर्णबहादुर महर्जन र कार्यसमिति सदस्य एशोसियट क्षेत्रतर्फ नवीनमान श्रेष्ठ तथा वाणिज्य क्षेत्रबाट विमला शाक्य निर्वाचित हुनुभएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम श्रेष्ठले जानकारी गराउनुभयो ।

आफू विजयी भएपछि जिल्लामा उत्पादित वस्तुलाई अन्तरराष्ट्रिय बजारसम्म लैजाने उद्देश्य रहेको अध्यक्ष न्याछ्योंले बताउनुभयो । उहाँले भन्नुभयो,“कोरोनाको कारण शिथिल भएका व्यवसायीको हकहितमा काम गर्नेछु ।” (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार