काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन ।
सर्वोच्च अदालतलाई पठाईएको लिखित जवाफमा सभामुख सापकोटाले प्रतिनिधिसभा स्वतः खारेजभागी रहेको गहिकीलो तर्क पेश गरेका छन् ।
सर्वोच्च अदालतको आदेशअनुसार आइतबार प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ प्रस्तुत गर्दै सभामुख सापकोटाले संघीय संसदको सातौं अधिवेशनको तयारी भइरहेको अवस्थामा प्रतिनिधिसभा विघटन हुँदा आफू मर्माहत र आश्चर्यमा परेको समेत उल्लेख गरेका छन् ।
उनले प्रतिनिधिसभा विघटनलाई ‘सार्वभौम जनताको प्रतिनिधिमुलक संस्था संसद उपरको हस्तक्षेप’ भनेका छन् । ‘त्यस्तो हस्तक्षेप नेपालको संविधानको मर्म र भावना भावना अनुरुपसमेत देखिन नआएको हुँदा रिट निवेदकहरुको दावी संविधान बमोजिम नै देखिएकोले प्रतिनिधिसभा विघटन हुन सक्ने कुनै आधार छैन,’ प्रतिनिधीसभा विघटनले पुरै देशनै यतिबेला शोकाकुल भएको जवाफमा उनले लेखेका छन् ।
उनले नेपालको संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था भएको जिकिर समेत प्रस्तुत गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले दायर गरेको रिटमा सभामुख सापकोटालाई समेत विपक्षी बनाइ रिट दायर गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया