मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

‘पर्यटक बस नयाँ गन्तव्यस्थलमा सञ्चालन गरिने’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: नयाँ पर्यटकीय गन्तव्यस्थलमा पर्यटक बस सञ्चालन गरिने भएको छ ।

टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को दशौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरिँदै नयाँ पर्यटकीय गन्तव्यस्थलमा बस सञ्चालन गर्ने जानकारी दिएको हो ।

काठमाडौँदेखि पोखरा, चितवन र लुम्बिनी पर्यटकीय बससेवा सञ्चालन गर्दै आएको टिवानले चाँडै नै केरुङ, मुक्तिनाथ, रारा, बेँसीशहर, तातोपानी, बर्दियालगायत क्षेत्रमा बस सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रममा नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईँले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायी एकजुट हुनुपर्ने बताउनुभयो । “कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायीलाई सरकारले राहत ल्याउन सकेन, पर्यटन क्षेत्रलाई बचाउनका लागि आन्दोलन गर्नुपर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो । निजी क्षेत्र र सरकारी निकायबीच आवश्यक परामर्श तथा छलफल हुन नसक्दा पर्यटन क्षेत्रमा समस्या आएको उहाँको भनाइ थियो ।

एशोसिएशनका अध्यक्ष ईश्वर शर्माले पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा पु¥याउनका लागि सम्पूर्ण पर्यटन व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको उहाँको भनाइ छ ।

एशोसिएशनका पूर्वअध्यक्ष श्रीकान्त आचार्य, उपाध्यक्ष ढकनाथ काफ्लेलगायतले आन्तरिक पर्यटन क्षेत्रमा लहर ल्याउन नसके पर्यटन क्षेत्रलाई बचाउन नसकिने बताउनुभयो । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार