काठमाडौंः दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उदघाटन गर्ने कार्यक्रम रहेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको पुल उद्घाटन एवं जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली मध्यान्ह दाङ जान लाग्नु भएकाे हाे ।
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका गर्नुभएकाे थियाे ।
करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको थियो । ८६० मिटर लम्बाइ र साँढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ एक हजार १५ मिटर छ ।
प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी दाङ्को देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री ओलीले राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने र उक्त कार्यक्रम मार्फत आईतबार नेकपा प्रचण्ड-नेपाल समुहले गरेको कार्वाहीको कडा जवाफ दिने बताईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया