बैसाख २६, २०८३ शनिबार May 9, 2026

युट्युव र अनलाइन टेलिभिजन नियमनमा ल्याउने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले युट्युव तथा अनलाइन टेलिभिजनमा आउने सामग्रीलाई नियमन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा प्रथम चौमासिक समीक्षा बैठकले यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण र सूचना तथा प्रसारण विभागलाई यसका लागि दुई महिनाभित्र कार्यविधि तयार गर्न निर्देशन दिएको छ । यस्ता प्लेटफर्मबाट आउने सामग्री कस्तो हुने ? के कस्ता सामग्री प्रसारण गर्न सकिने ? कस्ता सामग्रीमाथि प्रतिबन्ध लगाउने भन्ने लगायतका विषय कार्यविधिमा समेटिने बताइएको छ ।

यसअघि युट्युव तथा अनलाइन टेलिभिजनमार्फत प्रसारण हुने सामग्रीमा कुनै किसिमको निगरानी भइरहेको थिएन । यसरी खुल्लमखुल्ला छाड्दा विकृति फैलिनसक्ने भन्दै मन्त्रालयले यसको अनुगमन गर्ने तयारी थालेको हो ।

यस विषयमा सञ्चार मन्त्रालयले प्राधिकरण तथा सूचना तथा प्रसारण विभागको नाममा सर्कुलर समेत जारी गरिसकेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पनि मन्त्रालयबाट जारी सर्कुलर प्राप्त भएको बताएका छन् ।

तर, अध्यक्ष खनालले युट्युव तथा अनलाइन टेलिभिजनको नियमन प्राधिकरणको क्षेत्राधिकारभित्र नपर्ने बताए । उनले भने, ‘युट्युव तथा अनलाइन टेलिभिजनको नियमन हाम्रो क्षेत्राधिकार भित्रको विषय होइन । यद्यपि कार्यविधि बनाउने क्रममा सूचना तथा प्रसारण विभागलाई आवश्यक सुझाव दिन तथा सहयोग गर्न प्राधिकरण तयार छ ।’ टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार