काठमाण्डाैंः एपीएफ क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे एपीएफले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै दुई सय तीन रन बनाएकाे थियाे । एपीएफका लागि शङ्कर रानाले सर्वाधिक ४४ रन बनाए । यस्तै भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेल र कमल ऐरीले समान १९–१९ रन बनाए । कप्तान शरद भेषवाकरले १८ रन जोडे । अविनाश बोहरा ११ रनमा अविजित रहँदा सूर्य तामाङ एक रनमा अविजित रहे । पुलिसका आरिफ शेखले तीन विकेट लिए भने ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए ।
एपीएफले अब फाइनलमा वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ । वाग्मती र आर्मीबीचको सेमिफाइनल खेल बिहीबार (भोलि) हुनेछ । उज्यालो
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया