मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रेस सङ्गठन नेपालमा जिम्मेवारी हेरफेर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रेस सङ्गठन नेपालले विभिन्न प्रदेशका लागि इञ्चार्ज, संयोजक र सहसंयोजक पदमा हेरफेर गरेको छ । सो सङ्गठनको यही माघ ८ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले दिएको कार्यादेशअनुरुप केन्द्रीय संयोजक गणेश बस्नेतले आज पुनर्गठन गर्नुभएको हो ।

सङ्गठनको नयाँ जिम्मेवारीअनुसार प्रदेश –१ को इञ्चार्जमा लीलाराज भट्टराई, संयोजकमा गणेश पोखरेल, सहसंयोजकमा हरिकुमार राई र नुतन श्रेष्ठ, प्रदेश–२ मा इञ्चार्ज लालबाबु शेख, सहइञ्चार्जमा ईश्वरी काफ्ले, संयोजकमा फणि महत, सहसंयोजक धर्वेन्द्र झा र किरण कर्ण हुनुभएको छ । यस्तै बागमती प्रदेशमा इञ्चार्ज हिरामान लामा, सहइञ्चार्ज देवचन्द्र भट्ट, संयोजक शरद सापकोटा, सहसंयोजक शिशिर सिंखडा र प्रकाश दाहाल, गण्डकी प्रदेशमा इञ्चार्ज रामकृष्ण शर्मा, सहइञ्चार्ज श्याम कुँवर, संयोजक शुष्मा पौडेल, सहसंयोजक विद्रोही गिरी, सहसंयोजक रुद्र श्रीश मगर चयन हुनुभएको छ ।

लुम्बिनी प्रदेशमा इञ्चार्ज सविन प्रियाशन चौधरी, सहइञ्चार्ज रुद्र सुवेदी, संयोजक शोभाखर पन्थी, सहसंयोजक प्रदीप आचार्य र पार्वती पाण्डे कर्णाली प्रदेशमा इञ्चार्ज वीरबहादुर गिरी, सहइञ्चार्ज विष्णु शर्मा, संयोजक नरेश भण्डारी सहसंयोजक त्रिभुवन बिसी र कालिबहादुर मल्ल हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज हेमन्त पौडेल, संयोजक कृष्ण ओली, सहसंयोजक करण ताम्राकार, काठमाडौँ उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, संयोजक राजीव सिलवाल, सहसंयोजकमा लोकेन्द्र केसी र राजु सुवेदी हुनुभएको छ ।

प्रतिष्ठानमा इञ्चार्ज हरिबल्लभ नेपाल, संयोजक मोहन बाँस्तोला र सहसंयोजक सरोज ढुंगेल तथा एशोसियटमा इञ्चार्ज रामेश्वर कार्की, संयोजक समीर बलामी र सहसंयोजक श्रीहरी थापा चयन हुनुभएको छ । केन्द्रीय सहसंयोजक चयन हुनु बाँकी छ । सङ्गठनले अब जिल्ला समिति पुनःगठन गर्ने र चाँडै केन्द्रीय सदस्य पनि विस्तार गर्ने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार