मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेकपाको दाहाल-नेपाल समुहले निर्वाचन आयोगमा बुझाएको १९ पृष्ठ निवेदनको (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल- नेपाल समूहले निर्वाचन आयोगको कार्यालय पुगेर पार्टी र चुनाव चिन्हबारे आफ्नो दाबी पेश गरेको छ ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल लगायतका एक दर्जन नेताहरुले आयोगलाई १९ पृष्ठ लामो निवेदन दिएका हुन् । यसका लागि मंगलबार बिहान १० बजे नै अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालसहितका नेता आयोग पुगेका थिए ।

दाहाल- नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले दुई पटक बसेको केन्द्रीय समिति बैठकले आफुहरु नै बैधानिक नेकपा भएको प्रमाणित गरिसकेकाले आवश्यक कागज पत्रसहित आयोग पुगेर दाबी पेश गरेको जानकारी दिए ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्न दाबीसहितको पत्र, बहुमत केन्द्रीय कमिटी सदस्यको हस्ताक्षरलगायतको कागजपत्र आयोगमा बुझाएको छ । साथै पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर बहुमत केन्द्रीय सदस्यले माधव नेपाललाई चयन गरिएको समेत पुनः स्मरण गराइएको छ । यसअघिका दावीलाई प्रक्रियासम्मत नभएको ठहर गरेको निर्वाचन आयोगले दाहाल समूहले प्रस्तुत गरेको पछिल्लो दावीका विषयमा भने मुख खोलेको छैन ।

यो समूहले नेकपा फुटिसकेको र आफूहरु आधिकारिक पार्टी भएको दाबी गर्दै आइरहेको छ । दाहाल–नेपाल समूहले आफुहरुसँग ४ सय ४१ केन्द्रीय सदस्यमध्ये २ सय ७५ जना भन्दा बढी रहेकोले आफ्नो समूह नै आधिकारिक हुने जिकिर गरेको छ। आफूसँग झण्डै ३ सय केन्द्रीय सदस्य रहे पनि उपत्यकाबाहिर रहेका सदस्यको हस्ताक्षर छुटेकाले २ सय ७५ जनाको हस्ताक्षर बुझाउन सम्भव भएको यस समूहले जनाएको छ ।

 निर्वाचन आयोगमा बुझाएको १९ पृष्ठ लामो पत्रको पूर्णविवरणः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार